Comments Add Comment

१० वर्ष देशका लागि काम गरेर माथि जान मन छ : प्रचण्ड

२५ पुस, चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश बर्ष देशको समृद्धिको लागि काम गर्ने गरेर ‘माथि जाने’ विचार रहेको बताएका छन् ।

१२ औं चितवन महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशको लागि अबको दश बर्ष निकै महत्वपूर्ण रहेको भन्दै आफ्नो सपना पूरा गरेर माथि जाने (हातको इशाराले आकाशतिर देखाउँदै) बताएका हुन् ।

‘अब १० वर्ष देशका लागि र समृद्धिको लागि काम गरेर माथि जाने विचार छ, तपाईहरु सबैको साथ सहयोग भयो भने हामी नमुनाको रुपमा नेपाल र चितवनलाई बनाउन सक्छौं’ उनले भने ।

चीनका एक नेताले विरालो कालो होस् कि सेतो होस् मुसा मार्नुपर्छ भनेको स्मरण गर्दै प्रचण्डले नेपालमा पनि त्यो भनाइ लागू हुने बताए । ‘आजभोलि म के ठान्छु भने विरालो सेतो र कालो केही फरक पर्दैन, यदि विकास र समृछिको जनचाहना र इतिहासको आवश्यकतालाई हामीर्ल पूर्ति गर्न नसक्ने हो भने कम्युनिस्ट पार्टीको काम छैन’ उनले भने ।

प्रचण्डले भैसालोटनदेखि देवघाटसम्म हामीले देख्दादेख्दै पानीजहाज आउने दावी गरे । ‘भैसालोटनदेखि देवघाटसम्म पानीजहाज आउन सम्भव छ । आउँछ, तपाई हामीले हेर्दाहेर्दै आउँछ भन्नेमा म विश्वस्त छु’ उनले भने ।

विकासको मोडालिटीका बारेमा समस्या नरहेको तर समस्या एक्सनमा मात्रै रहेको बताउँदैं अध्यक्ष प्रचण्डले भने ‘जनताले अनुभुत हुने गरि विकास र सम्वृद्धीको काम गर्नुनै हाम्रो चुनौती हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment