Comments Add Comment

पैदलयात्रुलाई जेब्राक्रस र आकाशेपुल देखाउँदै महानगरपालिका !

२५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले पैदलयात्रुलाई जेब्राक्रस र आकाशेपुलबाटै सडक पार गर्ने बानी बसाल्न अभियान थालेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको समन्वयमा महानगरपालिकाले पैदलयात्रुलाई जथाभावी बाटो काट्न नदिन साताव्यापी अभियान थालेको हो ।

यो अभियानमा नेपाल प्रहरी, नगर प्रहरी र कादम्बरी मेमोरियल कलेजका विद्यार्थीले समेत सहभागिता जनाएका महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।

उनका अनुसार ट्राफिक प्रहरी र स्वयंसेवक विद्यार्थीले पैदलयात्रुलाई जथाभावी बाटो काट्न रोक्दै जेब्राक्रस र आकाशेपुल नै प्रयोग गर्न आग्रह गर्नेछन् ।

पैदलयात्रुले जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढ्ने र ट्राफिक व्यवस्थापनमा समेत समस्या आउने भएकाले जेब्राक्रस र आकाशेपुलको प्रयोगमा जोड दिन अभियान थालिएको उनले बताए ।

त्यसका लागि महानगरपालिका र ट्राफिक प्रहरी महाशाखाको समन्वयमा हरेक जेब्राक्रस र आकाशेपुल भएका ठाउँमा सूचनामुलक बोर्ड समेत राखिएको छ ।

हाल महानगरभित्र नौवटा आकाशे पुल छन् । तर, यो पर्‍याप्त भने होइन ।  बानेश्वरचोक, थापाथली, गौशाला, माइतिघर लगायत पैदलयात्रुको अत्यधिक चाप हुने ठाउँमा आकोश पुलको खाँचो छ ।

यी ठाउँमा महानगरपालिकाले स्थानान्तरण गर्न मिल्ने आकाशेपुल निर्माण गर्ने भने पनि हालसम्म प्रगति शून्य छ ।

महानगरभित्रका धेरैजसो जेब्राक्रस पेन्ट खिइएर नदेखिने अवस्थामा छन् । त्यसो त आकाशेपुल, जेब्राक्रस र ट्राफिक लाइट भएका ठाउँमा पनि पैदलयात्रुले नियम पालना गर्दैनन् ।

यो पनि पढ्नुहोस सडकमा हामी कति सभ्य ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment