Comments Add Comment

कस्तो हो बर्षाको ‘कुलो लभ’ ?

नायक संजोग कोइरालासँग प्रेममा रहेकी नायिका बर्षा राउतको गाउँमा रहँदा प्रेम भयो कि भएन होला ? आज आयोजित चलचित्र ‘गोपी’को कार्यक्रममा नायिका बर्षा राउतले गाउँमा हुने ‘कुलो लभ’को बारेमा रमाइलो प्रसंग प्रस्तुत गरेकी थिइन् । चलचित्रमा गाइको गोठमा काम गर्ने एक यूवाको प्रेममा परेकी बर्षालाई पत्रकारको प्रश्न थियो, गाउँमा हुँदा कहिले ‘गोठमा लभ’ भयो ?

जवाफमा बर्षाले भनिन्–‘गाइको गोठसम्म त कोही पनि आउन पाएनन् । तर, कुलो लभ भने खुबै भयो । कुलोमा पानी लाउन जाँदा केटाहरुले खुबै जिस्क्याउथ्यँ । म पनि मुसुक्क हासिदिन्थेँ ।’ प्रेम भयो भएन त, पत्रकारको प्रश्नमा उनले भनिन्–‘प्रेम त हुन पाएन । उनीहरु कुलो वारी आउन सकेनन्, म पारी गइनँ ।’ तर, उनीहरुले सिठ्ठी हान्ने र आफू हाँस्ने क्रम भने लामै समय चलेको बर्षाले भनिन् ।

बर्षाका अनुसार, उनलाई गाउँमा हुँदा मन पराउने खुबै थिए । तर, उनको मन भने काठमाण्डौ आएपछि संजोगमा मात्र गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment