+
+
Shares

आयल निमगको पुनर्संरचना गर्छु : कार्यकारी निर्देशक पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २६ गते १३:०४

२६ पुस, काठमाडौं । नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगममा पुनर्संरचना गर्ने बताएका छन् ।

निमगको ४८ औं वार्षिक उत्सवमा बोल्दै कार्यकारी निर्देशक पौडेलले अब निगम सुधारका लागि काम गर्ने बताएका हुन् । ‘अब निगमको रिफर्म गर्छु’ उनले भने ‘निगम अहिलेकै अवस्थामा रहन सक्दैन ।’

सरकारले आफूलाई निगम सुधार गर्न पठाएको पौडेलले बताए । कार्यकारी निर्देशक पौडेलले तेल बेच्ने मूल्यमा निगमको नाफामात्र नजोडिएको भन्दै सरकारलाई ५५ अर्ब रुपैयाँ राजस्व तिरेको पनि बताए ।

त्यस्तै बुढीगण्डकी आयोजनाका लागि २७ अर्ब रुपैयाँ संकलन गरेको भन्दै यी सबै आधारहरुलाई हेरेर निगम अघि बढ्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?