Comments Add Comment

हुसेन हत्या प्रकरण : डेढ महिनापछि समातिए योजनाकार, सुटर अझै फरार

२६ पुस, विराटनगर । सुनसरी दुहबी नगरपालिका ९ का फिदा हुसेनको हत्यामा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये तीन जनालाई बिहीबार प्रहरीले सार्बजनिक गरेको छ । एक जनालाई भने बाँकेमा पक्राउ गरी ल्याउँदै गरिएको सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

हत्या आरोपमा प्रहरीले दुहवी नगरपालिका– ९ का २८ बर्षका मोहम्मद सकिम हुसेन, ३१ बर्षका जावेद हुसेन र ६० वर्षका विश्वम्भर यादवलाई पक्राउ गरेको छ । प्रहरीले बाँकेबाट भने २२ बर्षका जफर मियालाई पक्राउ गरेको हो ।

डीएसपी फुयालका अनुसार पक्राउ परेका सकिम र जावेद घटनाको योजनाकार हुन् । यादवले हतियार लुकाउन मद्दत गरेको प्रहरीले बताएको छ । गोली प्रहार गर्ने मुख्य सुटर भने अझै फरार छन् । सुटरको पहिचान भइसकेको बताउदै उनले खोजी कार्य जारी रहेको बताए ।

गत मंसिर ५ गते बुधबार बिहान कान्छी श्रीमती आशा खातुन ऋषिदेवस“ग मर्निङ वाकमा निस्किएका ५५ वर्षका हुसेनमाथि उनको घरदेखि करिब डेढ किलोमिटर उत्तर जय बाबा इटा उद्योग अगाडि गोली हानी हत्या भएको थियो । छातीमा गोली लागेका उनलाई न्यूरो अस्पताल विराटनगर ल्याउदै गर्दा मृत्यु भएको थियो ।

फिदाको हत्यामा प्रयोग गरिएको हतियार दुहबी १२ मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरबाट फेला परेको डिएसपी फुयालले जानकारी दिए । हत्याको कारण पुरानो रिसइबी र आर्थिक विवाद भएको प्रहरीले निश्कर्ष निकालेको छ ।

नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्र अन्तर्गत इलेक्टिकल हेल्परको रुपमा कार्यरत हुसेनलाई बाटो ढुकेर बसेका व्यक्तिले गोली प्रहार गरेका थिए । श्रीमतीसँग मर्निङ वाकमा निस्किएका हुसेन इटाभट्टा छेउ पुगेपछि श्रीमतीलाई घर तर्फ जान लगाएर आफू उद्योगतर्फ गएका थिए ।

श्रीमती घर तर्फ फर्कन थालेको केही क्षणमै हुसेनमाथि गोली प्रहार भएको थियो । गत असोज ४ गते सुनसरी हरिनगर २ भुटाहामा दिनदहाडै खुर्सिद आलमको गोली हानी हत्या भएको थियो । खुर्सिद हत्या प्रकरणको अझै टंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment