+
+
Shares

पार्टी एकता प्रक्रिया माघ पहिलो सातासम्म टुंगिन्छ : बादल

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २७ गते १३:५१

२७ पुस, वीरगञ्ज । नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा वादलले नेकपाको एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने बताएका छन् ।

नेकपा पर्साको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले माघको पहिलो सातासम्ममा एकता प्रक्रिया टुंगोमा पुग्ने बताएका हुन् ।

उनले भने ‘हामीलाई थाहा छ पर्सालगायत देशका केही जिल्लामा एकता प्रक्रियामा समस्या छ । एकता प्रक्रियाका बाँकी काम यही महिनामा पूरा गर्ने सोच पार्टीको छ, आशा छ यो महिना भित्र वा ढिला भएको खण्डमा माघको पहिलो सातासम्ममा एकताका बाँकी काम पूरा हुन्छ ।’

नेकपा नेतृत्वको संयुक्त सरकारले समाजवाद निर्माण गर्दै साम्यवादसम्म पुग्नका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा लिएको उनको तर्क छ ।

रोजी रोटीका लागि विदेशमा रहेका लाखौं दाजुभाई दिदी बहिनीहरुलाई नेपाल फर्काएर देशलाई विकसित बनाउने चाहना आफूहरुको रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?