Comments Add Comment

गोरखामा मनाइयो पृथ्वीजयन्ती (फोटो फिचर)

२७ पुस, गोरखा । २९७ औ पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस शुक्रवार गोरखामा धुमधामले मनाइएको छ । गणतन्त्र पश्चात एकता दिवस मनाउनेहरु कमै हुने गरे पनि यस पटक भने सहभागीहरु धेरै थिए ।

जिल्लाका नागरिक समाजको अगुवाइमा भएको कार्यक्रमका सहभागीहरुले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको कदर गरेका थिए । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोरखा संग्रहलयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रमका वक्ताहरुले शाहको योगदानलाई भुल्न नहुने बताउदै आजका दिन सार्वजनिक बिदा नदिएको प्रति असन्तुष्टि व्यक्त गरेका थिए । विभिन्न भेषभूषा र झाँकीसहित निकालिएको र्‍यालीले गोरखा बजार परिक्रमा गरेको थियो ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment