Comments Add Comment

वीरगञ्जमा पनि मनाइयो पृथ्वी जयन्ती

२७ पुस, वीरगञ्ज । वीरगञ्जमा पनि शुक्रबार पृथ्वी जयन्ती मनाइएको छ । २९६ औं पृथ्वी जयन्तीको अवसरमा राजसंस्थाको वकालत गर्र्दै आएका संघ संस्थाको अगुवाइमा कार्यक्रम गरिएको हो ।

राष्ट्रिय नागरिक संघर्ष समिति, नेपाल राष्ट्रवाद संघ, शिव सेना नेपाल, लगायतका संघ संस्थाहरुले छुट्टाछुट्टै कार्यक्रम गरेका थिए ।

र्‍यालीमा सहभागी लंगडीका सन्दीप राउत कुर्मीले नेताहरुले जनतालाई धोका दिएकोले राजा आएर देश बचाउनुपर्नेमा जोड दिए । नेपाली हुँ भन्न पाउने अवस्था निर्माण गर्ने पृथ्वीलाई भुल्न लागेकोले इतिहासलाई सम्झाउन र्‍याली निकालिएको सहभागीहरुको भनाइ छ ।

त्यसैगरी राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले वीरगञ्जको घण्टाघरमा माल्यार्पण कार्यक्रम गरेको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका अञ्चल संयोजक नन्दकिशोर गोयलले नेपाली जनता एक नभएसम्म चारवर्ण ३६ जातका फुलबारी असुरक्षित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment