Comments Add Comment

पत्रकार घिमिरेले ल्याए ‘होचो ढोका’

काठमाडौं । पत्रकार शिवहरि घिमिरेले इतिहास र संस्कृति सम्बन्धी विषयमा केन्द्रीत पुस्तक ‘होचो ढोका’ ल्याएका छन् । स्वदेश प्रकाशनले बजारमा ल्याएको उनको कृति गत शनिबार सार्वजनिक भएको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृतिविद् डा. गोविन्द टण्डन, पत्रकार गुणराज लुइँटेल, संस्कृतिविद् सत्यमोहन जोशी तथा लेखककी आमा खुमकला घिमिरेले पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै रायमाझीले इतिहासको खोज, रक्षा र विकासमा लेखकले दिएको योगदान उल्लेखनीय रहेको बताए । पुस्तक समिक्षक संस्कृतिविद् डा. टण्डनले हराउँदै गएको कला, संस्कृति र मौलिकतालाई स्मरण गराउन पुस्तक सफल रहेको जनाए ।

होचो ढोका किताबभित्र रहेका ६७ शीर्षकभित्रको एउटा भाग हो । शासकबाट छोरी बुहारीलाई जोगाउन मात्र नभई आँगनको देवतालाई दर्शन गर्न जाँदा ‘शीर निर्हुँयाएर जान सकियोस्’ भनेर होचो ढोका राख्ने प्रचलन रहेको पुस्तकमा उल्लेख छ ।

समिक्षक टण्डनले नेपाली संस्कृतिमाथि यस्ता जानकारी मुलक पुस्तकहरुको अभाव रहेको बताए । यस्तो परिप्रेक्ष्यमा लेखकले ल्याएको पुस्तक एकदमै उपयोगी हुने उनको टिप्पणी थियो ।

पत्रकार घिमिरेले तीन वर्षयता कला एवं संस्कृति सम्बन्धी विषयमा नागरिक दैनिकमा रिपोर्टिङ गरिरहेका छन् ।  १ सय ८२ पृष्ठको पुस्तकको मूल्य ३ सय २५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment