+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हवाई भाडादर वृद्धिबारे गगनले गराए मन्त्रीको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १६:३६

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र केन्द्रीय सदस्य सञ्जय गौतमले हवाई क्षेत्रमा देखिएका समस्या समाधान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र नियामक निकायका अधिकारीहरुलाई मन्त्रालयमा भेटेर हवाई भाडा वृद्धिबारे ध्यानाकर्षण गराएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक, नेपाल वायुसेवा निगमका अधिकारी, अन्य सम्बन्धित प्रतिनिधिसँग भएको छलफलमा दक्षिण कोरिया जाने कामदारलाई हवाई टिकटमा रहेको एकाधिकार बारे जानकारी गराएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कार्य भइरहेको हु्ँदा फ्लाइटको कम भएकाले अन्तर्राष्ट्रिय हवाई भाडादर अस्वभाविक रूपमा वृद्धि भएको मन्त्रालयका अधिकारीले जानकारी गराएको महामन्त्री थापाले बताए ।

डिसेम्बर महिनाबाट धेरै सुधार हुने जानकारी मन्त्रालयबाट प्राप्त गरेपनि त्यसपश्चात पनि हवाई भाडादर पनि नघट्ने अवस्था रहेको थापाले बताए । भाडादारमा भइरहेको अनियमितता अध्ययन गर्न सुझाव दिएको महामन्त्री थापाले बताए ।

दक्षिण कोरियामा जाने श्रमिकहरूले महँगो हवाई–भाडदारले युवाहरुलाई परेको मारका बारेमा पनि सरकारी पक्षको ध्यानाकर्षण गराएको थापाले जानकारी गराए । थापाले भने, ‘नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर हुन्छ वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्नुपर्छ भन्ने धारणा राख्यौँ ।’

मन्त्री पाण्डेले कोरिया जाने श्रमिकलाई हवाई टिकट खरिदमा परेको बाध्यकारी कार्य हटाउन तुरुन्तै प्रक्रिया अघि बढाउने जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?