Comments Add Comment

दक्षिण अफ्रिकाले दियो पाकिस्तानलाई ३८१ रनको चुनौती

२९ पुस, काठमाडौं । तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तानलाई ३८१ रनको चुनौती दिएको छ ।

द वान्डरेर्स रंगशालामा तेस्रो दिन दक्षिण अफ्रिकाले आफ्नो दोस्रो पारीमा सबै विकेटको क्षतिमा ३०३ रन बनाएपछि पाकिस्तानले ३८१ रनको चुनौती पाएको हो ।
आफ्नो दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाका लागि क्वोइन्टन डि कक्ले शतकसहित १२९ रन बनाउँदा हसिम अमलाले ७१ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका लागि शादब खान र फहिम अश्रफले समान ३-३ विकेट लिए ।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा भने २६२ रन बनाएको थियो ।

यता, पाकिस्तानले भने आफ्नो पहिलो इनिङ्समा खराब प्रदर्शन गर्दै १८५ रनमै सबै विकेट गुमाएको थियो । पाकिस्तानका लागि शरर्फराज अहमेदले ५० र बाबर अजामले ४९ रन बनाएका थिए ।

विजयी लक्ष्य पछ्याउँदै तेस्रो दिन नै पाकिस्तानले आफ्नो दोस्रो इनिङ्स थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment