Comments Add Comment

पेस्तोलसहित बर्दियामा एकजना भारतीय नागरिक पक्राउ

२९ पुस, बर्दिया । अवैध हातहतियार कारोवारमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन ।

भारतबाट नेपालको गुलरिया बजारतर्फ आउँदै गरेका भारतको बहराईच थाना मूर्तिहा नानपारा ग्राम चित्लहवाका २० वर्षीय सलमान खान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

खानलाई आइतबार विहान विशेष सूचनाको आधारमा गुलरिया नगरपालिका-१० कालाबन्जार गडरिया चोकमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यूपी३१एआर ६८२६ नम्बरको भारतीय मोटरसाइकलमा नेपाल आएका खानलाई चेकजाँचका क्रममा एउटा पेस्तोल, सोही पेस्तोलमा लाग्ने एक थान गोली, २९ हजार ७९६ रुपैयाँ (नेपाली र भारतीय नोट)सहित पक्राउ परेको बर्दिया प्रहरीले बताएको छ ।

उनको साथबाट लागूऔषध खैरो धुलो पदार्थ ३ ग्रामसमेत बरामद गरिएको प्रहरीको भनाइछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment