+
+
Shares

प्रेमिकासँग स्विमिङ पूलमा फरहानको मस्ती

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ३० गते १३:४२

निर्माता–दिर्नेशक फरहान अख्तर अहिले चलचित्रको भन्दा आफ्नो प्रेम जीवनको कारणले बढी चर्चामा छन् । उनी केहि समयदेखि सिवानी दाण्डेकरसँग प्रेममा रमाइरहेका छन् । मलाइका अरोरा खान र अर्जुन कपुरपछि यो जोडी बलिउडको हटकेक बनिरहेको छ । यो जोडी हालै मात्र स्विमिङ पूलमा रमाइरहेको तस्बिर सार्वजनिक भएको छ । जहाँ, सिवानीलाई विकिनी अवतारमा देख्न सकिन्छ ।

सिवानी फरहानको अंकमालमा देखिएकी छिन् । फरहानले आफै ट्विटरमा सिवानीसँगको तस्बिर शेयर गरेका छन् । फरहान र सिवानीको यो जोडीलाई दर्शकले रुचाएका छन् भने सामाजिक संजालमा कतिपयले आलोचना पनि गरेका छन् ।

सुरुवाती दिनमा फरहानले सिवानीसँगको सम्बन्धलाई लुकाएका थिए । तर, अहिले यो जोडी भने आफूलाई खुलेयाम मस्ती गर्दै गरेको अवस्थामा सार्वजनिक गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?