Comments Add Comment

नम्रताको साथमा ‘प्रसाद’ हेर्न पुगे धिरज र जसिता

चलचित्र ‘प्रसाद’को विशेष शो यूकेमा आयोजना गरिएको छ । यूकेमा आयोजना भएको विशेष शोमा चलचित्रकी नायिका नम्रता श्रेष्ठ सहभागी भएकी थिइन् । शोमा सारी लगाएर पुगेकी नम्रता निकै खुलेकी थिइन् । चलचित्रको शोमा दर्शकको उपस्थिती बाक्लो देखिएको थियो ।

निःसन्तान दम्पत्तीको कथा देखाएको चलचित्रलाई नेपालमा रुचाइएको थियो । यूकेका दर्शकले पनि चलचित्र रुचाएका छन् । दिनेश राउतले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा नम्रताको साथमा विपिन कार्की र निश्चल बस्नेतको मुख्य भूमिका छ ।

यसैविच, यो चलचित्रको यूकेमा भएको शोमा नायिका जसिता गुरुङ, नायक धिरज मगर र निर्देशक रेनशा वान्तवा राई पनि पुगेका छन् । जसिता र धिरजलाई लिएर नयाँ चलचित्र बनाउन लागेकी रेनशाले अहिलेदेखि नै यो जोडीको चर्चा सुरु गरिसकेकी छिन् । यसका लागि, २ बर्ष अगाडि प्रेमबाट अलग भएको यो जोडीलाई रेनशाले एकसाथ कार्यक्रममा लिएर पुगेको देखिन्छ ।

रेनशाले जसिता र धिरजलाई लिएर ‘आई एम ट्वान्टी वान’ निर्देशन गर्ने तयारी गरेको चर्चा छ । तर, जसिताले चलचित्रमा साइन गरिसकेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment