Comments Add Comment

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा गिरावट

३० पुस, काठमाडौं । साताको दोस्रो दिन एवं पुस महिनाको अन्तिम दिन सेयर बजारमा हरियाली देखिएको छ ।  बैंकिङ समूहबाहेक अन्य सबै समूहहरु हरियाली देखिँदा सोमबार सेयर बजार ११ दशमलव ७४ अंकले उकालो लागेको छ ।

यस अघि आइतबार भने सेयर बजारमा ५ अंकको गिरावट आएको थियो । सेयर बजार ११ दशमलव ७४ अंकले उकालो लाग्दा नेप्से परिसूचक १ हजार १ सय ८६ दशमलव ८० मा पुगेको छ ।

सेयर बजारमा दोहोरो अंकको सुधार देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ । ७ करोड २९ लाख १५ हजार ७०६ रुपैयाँको कारोबार भएको छ ।

दिनभर भएका ३ हजार ६ सय २५ कारोबारबाट १ सय ५८ कम्पनीका ८ लाख ५ हजार ६ सय १ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २६ करोड ८१ लाख २४ हजार ६ सय ४४ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेजले जनाएको छ । यस अघि आइतबार ७ करोड २९ लाख १५ हजार ७०६ रुपैयाँको कारोबार भएको भएको थियो ।

कारोबार रकमका आधारमा सोमबार नेपाल बैंक पहिलो नम्बरमा देखिएको छ । सोमबार नेपाल बैंकको ४ करोड ७२ लाख ७६ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ । यस बैंकको सेयर मूल्य २ सय ९७ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment