Comments Add Comment

आफ्ना नेताको नाममा स्थापित अस्पताल बन्द गर्न खोजेको कांग्रेसको आरोप

३० पुस, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दुई नेताको नाममा स्थापित अस्पताल सरकारले विघटन गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।

तनहुँको बेलचौतारामा रहेको गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल विघटनको प्रक्रिया सुरु गरेको जानकारी आएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पताललाई केन्द्र सरकार मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेकोमा यी दुईबाहेक अन्य अस्पतालको मात्र निर्णय भएको जानकारी पाएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

‘केही अस्पताल प्रदेृश होइन केन्द्रमा राख्नुपर्छ भनेर ११ वटा अस्पताल केन्द्रमा राख्ने स्वास्थ्य मन्त्रालयले प्रस्ताव पठायो, क्याविनेटले यी दुई अस्पताललाई बाहेक गरेर अरुलाई सदर गरेर पठायो’ नेता पौडेलले भने, ‘अनि स्वास्थ्य मन्त्रालयमा विघटनको प्रक्रियामा लाने भनेर विघटन प्रक्रिया सुरु गर्‍यो भन्ने खबर पायौं ।’

सरकारले कांग्रेस नेताको नाममा स्थापित अस्पताल विघटनको प्रक्रिया सुरु गरेर प्रतिपक्षप्रति पक्षपातपूर्ण ब्यवहार गरेको नेता पौडेलले आरोप लगाए । उनले भोलिसम्म प्रधानमन्त्रीको जवाफको प्रतीक्षा गर्ने र त्यसपछि कांग्रेसले आफ्नो कदम चाल्ने बताए ।

‘प्रधानमन्त्रीको जवाफको भोलिसम्म प्रतीक्षा गर्छौं, सरकारले यही रवैया अगाडि बढाएमा , प्रतिपक्षप्रति पक्षपातपूर्ण व्यवहार गर्छ भने हामीले पनि हाम्रो डिफेन्सका लागि कठोर कदम चाल्नुपर्ने हुन्छ’ नेता पौडेले भने ।

हाल ती अस्पतालमा सञ्चालक समिति पनि विघटन गरेर अलपत्र अवस्थामा राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment