Comments Add Comment

भ्याली च्यासललाई पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा प्रवेश

३० पुस, काठमाडौं । थ्रीस्टार क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार धनगढी रंगशालामा भएको क्वाटरफाइनलमा च्यासल युथ क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै थ्रीस्टारले सेमिफाइनलमा स्थान बनाएको हो । थ्रीस्टारको जितमा रुपेश केसीले निर्णायक गोल गरे ।

खेलको सातौं मिनेटमा सुनील बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पन्च गरे । १९ औं मिनेटमा च्यासलका हेमन्त थापामगरको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा च्यासल अग्रता लिनबाट चुक्यो ।

दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा भने च्यासल चुक्यो । ५८ औं मिनेटमा च्यासलले अग्रता लिने सुवर्ण अवसर गुमायो । अर्मान्डको प्रहार अनन्तले रोकेपनि सन्तबहादुर गुरुङले प्रहार गरेको बलले थ्रीस्टार पोष्टको जाली चुम्न सकेन ।

८१ औं मिनेटमा रन्जन विष्टको उत्कृष्ट प्रहार क्रसबारमा लागेर फर्किएको थियो । खेलको तीन मिनेट समय बाँकी रहँदा थ्रीस्टारका लागि रुपेश केसीले गोल गर्दै खेल जिताए ।

थ्रीस्टारले फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार अन्तिम क्वाटरफाइनलमा संकटाले क्यामरुनको दाफिनास एफसीको सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment