Comments Add Comment

ग्लोबल आइएमई बैंक र इक्यानबीच सम्झौता

१ माघ, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघले ग्लोबल आइएमई बैंकलाई आधिकारिक बैंक बनाएको छ । सोमबार बैंक र संघबीच सम्झौता समेत भएको छ ।

सम्झौतापत्रमा संघका अध्यक्ष विष्णुहरि पाण्डे र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्माले हस्ताक्षर गरे ।

संघ नेपालको सबैभन्दा ठूलो गुणस्तरीय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो ।

यो सम्झौता अनुसार संघसँग आबद्ध कन्सल्टेन्सीको सिफारिशमा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई सरल र सुलभ तरीकाले तीन कार्य दिनभित्रै शैक्षिक कर्जा दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment