३ माघ, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका-७ स्थित वीर हनुमान इँटा उद्योगको पार्खाल भत्किँदा दुइजना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पाका ११ महिनाका निमार्ण परियार र तीन वर्षकी जेनिसा परियार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिए ।
पर्खाल भत्कँदा अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तीन वषर्ीय झरना घर्तीर् र ३५ वर्षीय सितादेवी पासवान रहेको छन् ।
उनीहरुको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने र घाइते हुने उद्योगमा काम गर्ने मजदुरका छोराछोरी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4