+
+
Shares

कांग्रेसलाई सरकारको जवाफः मनको बाघले कति खान्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ३ गते १९:५२

३ माघ, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल खारेज गर्नेबारे कुनै निर्णय नभएको बताएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हस्पिटलहरुको नाम खारेज… यो मनको बाघले कति खान्छ ? वनमा त बाघ छैन’, उनले भने ।

उनले अघि भने, ‘नेपालको लोकतान्त्रिक, प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिने नेताहरुको चिरस्मरण कायम गराउन राखीसकेको नाम खारेज गर्ने भन्ने खालको कुरा हाम्रो डिस्नेरीमा त छैन् ।’

तनहुँको दुलेगौंडास्थित बेलचौतारामा रहेको गिरिजाप्रसाद स्वासप्रश्वास केन्ऽ र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल विघटनको प्रक्रिया सुरु गरेको जानकारीमा आएको भन्दै कांग्रेसले त्यसको विरोध गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पताललाई केन्द्र सरकार मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लैजाँदा यी दुईलाई छुटाएको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकार सम्मेलन नै गरि निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?