+
+
Shares

डा. केसीलाई इलामबाट हिँडाइयो, मध्यराति काठमाडौं ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ३ गते २२:२५

३ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइने भएको छ ।

डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । तर, बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएको छ । चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने बताएपछि राजधानी ल्याउन पहल सुरु भएको थियो ।

रात परिसकेकाले इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था छैन । त्यसैले इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइने भएको छ । ‘हामी इलामबाट हिड्यौं । भद्रपुरबाट सेनाको नाइटभिजनले काठमाडौं ल्याउँछ । मध्यराति १/२ बजेतिर आइपुग्छौं होला, डा. केसीसँगै रहेका अधिवक्ता डा. सुरेन्द्र भण्डारीले अनलाइनखबरलाई भने ।

डा. केसीलाई भेट्न बिहीबार मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमाको टोली इलाम पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?