Comments Add Comment

श्रीमतीको हत्या गरी युवकद्वारा आत्महत्या

६ माघ, कैलाली । जिल्लाको जानकी गाउँपालिका–७ गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।

आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आत्महत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी शिवबहादुर सिंहले प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको बताए ।

घरको बार्दलीमा झुण्डिएर छट्पटाइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेर डोरी काटेर बचाउने प्रयास गरेको डीएसपी सिँहले बताए । उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक दम्पतिका दुई छोरा छन् । डीएसपी सिंहले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment