Comments Add Comment

बाल यौन दूराचारको आरोपमा बेलायती नागरिक पक्राउ, ३ बालकको उद्दार

६ माघ, काठमाडौं । प्रहरीले बाल यौन दूराचारमा संलग्नको आरोपमा एक बेलायती नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौंको कालिमाटी रविभवनमा अपार्टमेन्ट भाडामा लिई बस्ने ५० वर्षका इयान रोवर्ट कोललाई शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । उनको अपार्टमेन्टबाट तीन जना बालकको उद्दार गरिएको सीआईबीका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

विहान ४ बजे उनको कोठामा पुगेको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै तीन बालकको उद्दार गरेको हो । प्रहरीले बेलायती नागरिक कोललाई सहयोग गर्ने २ जना नेपालीलाई पनि पक्राउ गरेको छ ।

उनीहरुमाथि बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment