Comments Add Comment

माइक्रोबसको ठक्करबाट बर्दघाटमा ६ वर्षीया बालिकाको मृत्यु

७ माघ, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ बर्दघाट बसपार्कमा सोमबार माइक्रो बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ । बालक गम्भीर घाइते भएकोे छन् ।

बिनयी त्रिवेणी गाउँपालिका-७ का जैय राम वोटेकीे छ वर्षीया छोरी शितल वोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासी बर्दघाट सुस्तापश्चिमका प्रवक्ता वीरेन्ऽ थापाले जानकारी दिए । बोटेकै चार वर्षीय छोरा आयर्न वोटे गम्भीर घाइते भएका छन् ।

बुटवलबाट बर्दघाट बसपार्कमा लु१ख ७२९६ नम्बरको माइक्रो बस रोकेर यात्रु झार्ने क्रममा बसले उनीहरुलाई ठक्कर दिएको प्रवक्ता थापाले बताए ।

घाइते वोटेलाई उपचारका लागि भरतपुर पुरानो मेडिकल कलेज पठाइएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment