+
+
Shares

सांसदहरुलाई डा. केसीको अपीलः चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ८ गते ११:०२

८ पुस, काठमाडौं । आमरण अनसररत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी र विद्यार्थीमुखी बनाएर पास गर्न सांसदहरुलाई अपील गरेका छन् ।

संसदको बैठकको पूर्वसंध्यामा शिक्षण अस्पतालको शैयाबाट भिडियो सन्देश खिँदै डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन आग्रह गरेका छन् । उनले आफूसँग सरकारले गरेको सहमति अनुसार र जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन पारित गर्न सांसदहरुलाई अपील गरेका छन् ।

संसदको बैठक मंगलबार ३ बजे बस्दैछ । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यक्रम छ ।

यस्तो छ उनको सम्बोधनः

माननीय सांसदज्यूहरु,

मेरो जानकारीमा आए अनुसार आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुँदैछ । त्यसमा जनता र विद्यार्थीमुखी बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु राखेर समितिबाट पारित गरिएको छ । हामीसँग सम्झौता भएअनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन ल्याउन माननीयज्यूहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु र अनुरोध पनि गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?