Comments Add Comment

डडेल्धुरामा चट्याङ लागेर दुईजनाको मृत्यु, चारजना घाइते

Photo Credit : प्रतीकात्मक तस्वीर/अनलाइनखबर फाइल

८ माघ, डडेल्धुरा । डडेल्धुरामा  चट्याङ् लागेर मंगलबार विहान दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

मृत्यु हुनेमा गन्याधुरा गाउँपालिका-५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका-३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।

भुवनेश्वरी माविमा पढिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी रोशनीको जिल्ला सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थापाको भने घटनास्थल (घर) मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) डम्बरबहादुर केसीले जानकारी दिए।

यस्तै, आलिताल गाउँपालिका-५ भित्रीसैनमा पनि चट्याङ लागेर चार जना घाइते भएका छन्। घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिसा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन्। चारै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment