८ माघ, काठमाडौं । संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयका लागि स्थायी प्रतिनिधिमा सिफारिस मणिप्रसाद भटराईले स्वीस बैंकमा रहेको नेपाली नागरिकको रकम नेपाल फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।
सोमबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले स्वीस बैंकमा रहेको नेपालीको ५० अर्ब रुपैयाँ फिर्ता ल्याउन पहल गर्ने बताएका हुन् ।
‘नेपालीको ५० अर्ब रुपैयाँ स्वीस बैंकमा छ भने त्यसलाई नेपालमा ल्याउन पहल गर्नेछु’ स्वीटजरल्याण्डका लागि गैरआवासीय प्रतिनिधिका लागिसमेत सिफारिस उनले भने ।
समिति बैठकमा सांसद योगेश भट्टराईले स्वीस बैंकमा नेपालीको पैसा छ भन्ने विषय सार्वजनिक भएको भन्दै त्यसलाई नेपालमा ल्याउन सकेमा ठूलो काम हुने बताए ।