Comments Add Comment

रोनाल्डो स्पेनको अदालतमा !

८ माघ, काठमाडौं । युभेन्ट्सका स्टार स्ट्राइकर तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो कर छलीको मुद्दाान स्पेनको अदालतमा उपस्थित भएका छन् ।

मंगलबार रोनाल्डो अदालतमा उपस्थित भएका हुन् । बीबीसीका अनुसार रोनाल्डो कर छलीको मुद्दामा अदालतलाई आफ्नो भनाइ राख्न अदालतमा पुगेका हुन् ।

रोनाल्डोमाथि लागेको कर छलिको आरोप पुष्टि भएमा १८.८ मिलियन पाउण्ड तिर्नुको साथै २३ महिना जेल सजाय भोग्नु पर्ने हुन्छ ।

अमेरिकाकी क्याथरिन मायोर्गाले लगाएको बलात्कारको आरोप मुद्दा सेलाउन नपाउँदै रोनाल्डो फेर‍ि अर्को मुद्दामा तानिएका हुन् ।

रियल मड्रिडका पूर्वस्ट्राइकर रोनाल्डोले सन् २०१० देखि रियलमा रहँदा कर छली गरेको आरोप छ । रोनाल्डोले रियलमा बसुन्जेल कमाएको रकमको कर नतिरेको स्पेनिस अधिकारीको आरोप छ ।

तर स्पेनिस अधिकारीहरुको आरोप रोनाल्डोले भने खण्डन गर्दै आएका छन् । रोनाल्डोले आफुमाथि लागेको आरोप झुटा भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment