Comments Add Comment

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

Photo Credit : परराष्ट्र मन्त्रालय

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न आव्हान गरेका छन् । स्विटजरल्याण्डको डाभोसमा मंगलबार विश्व आर्थिक मञ्चको ४९ औं बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीको वातावरण बनेको बताएका हुन ।

प्रधानमन्त्री ओलीले ‘स्ट्राटेजीक आउटलुक अन साउथ एसिया’ सत्रलाई सम्बोधन गर्दै नेपालको सामाजिक, आर्थिक, रुपान्तरणका लागि सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको बताए । उनले सरकारले वातावरण संरक्षण, दीगो विकास र जनतामा समर्पित भएर काम गरिरहेको उल्लेख गरे ।

सरकार भावी पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासको प्रयासमा लागि रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

इन्डोनेसियन प्राध्यापक मोरिक एल्का पेङ्गेस्टुले सहजीकरण गरेको सेसनमा बोल्दै प्रधानमन्त्री ओलीले छिमेकी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास निर्माणको मार्गमा नेपाल सरकार अग्रसर भएको बताए ।

प्रधानमन्त्रीले सम्बोधन गरेको ‘स्ट्राटेजीक आउटलुक अन साउथ एसिया’ सेसनमा भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रजुराम जी राजन, नर्वेका ब्रेक्के, अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाको सहभागिता थियो ।

मंगलबारबाट शुरु भएको विश्व आर्थिक मञ्चको बैठक शुक्रबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment