Comments Add Comment

गोपाल पराजुलीलाई घर पठाउने निरौला बने सर्वोच्चको मुख्य रजिष्ट्रार

९ माघ, काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौला नियुक्त भएका छन् । न्याय परिषदका सचिव निरौलालाई बढुवा गरी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पदस्थापन गरिएको हो ।

न्याय सेवा आयोगको बैठकले निरौलाको बढुवा गरेको हो । यसअघिका मुख्य रजिष्ट्रार डा.राजन भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि रिक्त रहेको स्थानमा निरौलालाई बढृुवा र पदस्थापन गरिएको हो ।

निरौला तिनै व्यक्ति हुन्, जसले न्याय परिषद सचिवको हैसियतमा लेखेको एउटा पत्रबाट तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश भएको थियो । न्याय परिषद सचिवको पत्रले परिषदका अध्यक्षसमेत रहने प्रधानन्यायाधीशको जागिर गएको नेपालको न्यायिक इतिहासमै पहिलो घटना थियो । उनले शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै पराजुलीको कार्यकाल किटान गरी पत्र लेखेका थिए ।

यसैवीच प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले न्याय परिषद सचिवका देवेन्द्र ढकाललाई बढुवा गरेको छ । उनी श्रम अदालतमा कार्यरत थिए ।

त्यसैगरी नवनियुक्त उच्च अदालतका न्यायाधीश भट्टराई र न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक तपबहादुर मगरले बुधबारै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment