Comments Add Comment

म सुन्दर छु, तर सेक्सी छैनः आँचल शर्मा

ऐनामा हेर्दा आफू कती सुन्दर लाग्छ ?
ऐनामा जसले पनि आफूलाई सुन्दर नै देख्छ । मैले पनि आफूलाई राम्री नै देख्छु । अरुले गर्नुभएको प्रशंसा सुन्दा म राम्री छु जस्तो लाग्छ ।

आफ्नो शारीरिक बनावटप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै सन्तुष्ट छु । मैले जे लगाए पनि सुहाउछ । त्यसैले पनि म आफ्नो शारीरिक बनावटमा खुसी छु ।

शरीरको सबैभन्दा मन परेको अंग कुन हो ?
मलाई मेरो ओठ मनपर्छ । मेरो ओठ राम्रो भएका कारण म सधै हासिरहेको हुन्छु । अरुलाई आकर्षित गर्ने पनि यही ओठ नै हो जस्तो लाग्छ ।

अनि मन नपर्ने नि ?
मेरो कान एकदमै ठुलो छ । त्यसैले कान मन पर्दैन ।

तपाईको राम्रो बानी के छ ?
म एकदमै फ्रेण्ड्ली छु । जो सँग पनि छिट्टै घुलमिल हुन सक्छु । म भित्र जे छु बाहिर पनि त्यस्तै छु ।

नराम्रो बानी पनि होला ?
नराम्रो र राम्रो एउटै हो । नराम्रो बानीमा पनि छिट्टै घुलमिल हुने नै होला । यो बानी कहिलेकाही मेरा लागि घातक बनेको छ ।

कस्तो कुराले दुखी तुल्याउछ ?
म त साह्रै कमलो मनको छु । सानो सानो कुरामा नै खुसी अनि सानो कुरामा नै दुखी हुन्छु ।

तपाई कहिल्यै रुनु भएको छ ?
ए कत्ति कत्ति । म त लुडोमा हारे भनेपनि रोइदिन्छु । मेरो रुवाई नै मेरा लागि शक्ति हो जस्तो लाग्छ ।

तपाई गफाडी कि रिजर्भ ?
(हास्दै) म त लास्टै गफाडी छु । तर, परिस्थिती हेरेर चुप पनि बस्न सक्छु ।

आफूलाई कत्तिको सफल ब्यक्ती ठान्नुहुन्छ ?
म आफूलाई अहिले नै सफल ठान्दिन । म त सानै छु । मैले धेरै गर्न बाँकी छ ।

तपाई कत्तिको लोभी ?
म लोभ चाही गर्छु । तर त्यस्तो धेरै लोभी पनि छैन ।

आफू कत्तिको फेसनेबल लाग्छ ?
फेसन भनेर त्यस्तो भंकर पनि हैन । म त जे सुहाउँछ, जे लगाउँदा म सहज हुन्छ त्यसमा नै रमाउँछु ।

खानाको कत्तिको सौखिन हुनुहुन्छ ?
मलाई खान एकदमै मन पर्छ । म त धेरै पो खान्छु त ।

कस्तो मान्छेले तपाईलाई आकर्षित गर्छ ?
हेर्दा एकदमै जेन्टल लाग्ने, कम बोल्ने, मिठो बोल्ने, महिलाको सम्मान गर्ने खालको मान्छेले आकर्षित गर्छ ।

तपाईलाई कस्ता व्यक्ती मन पर्दैन ?
देखावटी व्यबहार गर्ने, नाटक पारेर बोल्ने, ओभर स्मार्ट बन्ने मान्छे फिटिक्कै मनपर्दैन ।

तपाई कत्तिको धार्मिक ?
मेरो घर नजिकै गणेश मन्दिर छ । म त्यहाँ गइरहेको हुन्छु । सानैदेखि मन्दिर जाने बानीले अझै छोडेको छैन । त्यसैले म धार्मिक नै छु जस्तो लाग्छ ।

तपाई कत्तिको सेक्सी ?
म सेक्सी छैन ।

अनि रोमान्टिक ?
त्यो पनि छैन । त्यसको लागि समय आउला ।

(नायिका आँचल शर्मासँगै ‘अप्रेशन आफ्नै’ स्तम्भ अन्र्तगत रहेर अनलाइनखबरले गरेको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment