Comments Add Comment

अक्षय र करिनाको ‘गुड न्यूज’

नायक अक्षय कुमार र नायिका करिना कपुरको जोडी एकसाथ पर्दामा फेरि देखिने भएको छ । यो चलचित्रको छायांकन बुधबारबाट सुरु भएको हो । अक्षयले सामाजिक संजालमा १० बर्षको च्यालेञ्ज भन्दै सुटिङ छायांकन सुरु भएको उल्लेख गरेका छन् ।

अक्षय र करिनाले ४ वर्ष पछि पुन पर्दामा काम गर्न लागेका हुन् । उनीहरुले यस अघि चलचित्र ‘गब्बर इज ब्याक’मा सँगै काम गरेका थिए । उनीहरुले लगभग आधा दर्जन चलचित्रमा सँगै काम गरेका छन् । राज मेहताले निर्देशन गर्ने ’गुड न्युज’मा अक्षय र करिनाले बिबाहित जोडीका रुपमा काम गर्दैछन् । यस चलचित्रले सेप्टेम्बरलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

बलिउडमा अक्षय र करिनाको जोडीलाई सफल मानिन्छ । यसैले पनि उनीहरुलाई एकसाथ काम गराउँदा बक्स अफिसमा धमाका मच्चिने विश्वास निर्माताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment