Comments Add Comment

हारेर पनि किन खुशी भालभर्दे ?

१० माघ, काठमाडौं । कोपा डेल रे फुटबलमा सेभियासँग २–० गोलले पहिलो लेग हारेको बार्सिलोनाले ३९ खेलपछि गोल गर्नबाट चुक्यो ।

गएको वर्ष च्याम्पियन्स लिगमा रोमासँग ३–० ले दोस्रो लेग हारेपछि बार्सिलोना गोल गर्नबाट चुकेको थिएन । लियोनल मेस्सीलाई टिममा नराखिएको सेभियाविरुद्धको खेलमा लुइस स्वारेज, फिलिप कोउटिन्हो र जोर्डी अल्वा सुरुवातमा बेन्चमै थिए ।

भर्खरै क्लब आएका प्रिन्स बोएटेङ, माल्कोम र एलेनाले फ्रन्ट लाइन सम्हाल्दा बार्सिलोना निरिह देखियो । पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा दुई गोल खाएर खेल हार्दा प्रशिक्षक एनेस्र्टो भालभर्दे दुःखी छैनन् । ५८ औं मिनेटमा गोल खाएपछि स्वारेज र कोउटिन्होलाई छिराए पनि बार्सिलोना खेलमा फर्कन सकेन ।

गएको वर्ष कोपा डेल रेमा धेरै शक्ति खर्च गर्दा च्याम्पियन्स लिगमा हार व्यहोर्नु परेको भन्दै भालभर्देले हारेर पनि दुःख नलागेको बताएका हुन् ।
‘गएको वर्ष हामीले कोपा डेल रेमा लगाएको मेहनतले गर्दा अरु प्रतियोगिता गुम्यो । यसैले यो वर्ष सकेसम्म खेलाडी परिवर्तन गर्दै खेलाउने प्रयास गरेको हो’ भालभर्देले भनेका छन् ।
‘मैले सबै कुरा विश्लेषण गरेको छु । कतिपय अवस्था हामीले राम्रो गर्न सक्ने थियो, कतिपय अवस्थामा उनीहरुले राम्रो गर्ने थियो । जे होस्, यो नतिजा हाम्रो उपलब्धी नै हो । दुःखी हुनुपर्ने कारण छैन ।’
‘पहिलो हाफमा हामीले खेलमा नियन्त्रण राख्न सकेका थियौँ । तर, सेभियाले निकै राम्रो खेल्यो र अग्रता लिन सक्यो’ उनले अघि भने, ‘हामीले गोलका लागि धेरै मौका नै बनाउन सकेनौँ त्यसैले समस्या प¥यो ।’
आफूले टिममा गरेको परिवर्तनबारे उनले भनेका छन्, ‘सेभियाविरुद्धको खेलमा मैले गरेको परिवर्तन उनीहरुको क्षमता हेरेर नै गरेको हो । मेस्सीलाई आराम दिएकोमा पनि मलाई पछुतो छैन । यस्तो गर्नेपर्ने पनि थियो । बोएटेङलाई राख्नु रिक्स नै भए पनि मैले त्यसो गर्नै पर्ने थियो ।’
‘जब तपाईंले लगातार कुनै उपाधि जित्नुहुन्छ तब त्यसको महत्व देखिँदैन, जब हारिन्छ अनि त्यो ठूलो लाग्दै जान्छ’ उनले भनेका छन् ।
बार्सिलोनाले कोपा डेल रेको सेकेण्ड लेगमा सेभियासँग जनवरी ३१ मा घरेलु मैदानमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment