Comments Add Comment

सरकारले निषेधको राजनीति सुरु गर्‍यो, सभामुखले जालझेल गरेः कांग्रेस

१० माघ, काठमाडौं । आफ्नो विरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेपछि प्रमुख विपक्षी कांग्रेस सरकार र सभामुखप्रति आक्रमक बनेको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले कांग्रेस सांसदहरुको नाराबाजी र होहल्लाका बीच चिकित्सा शिक्षा विधेयक बहुमतबाट पास गरेको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुँग कुरा गर्दै सभापति शेरबहादुर देउवाले विपक्षीले वेल घेराउ गर्दागर्दै अधिनायकवादी शैलीबाट विधेयक पास भएको बताए । ‘म प्रधानमन्त्री भएको बेला मनमोहन अधिकारीले वेल घेर्दा मैले वार्ता गरेर अगाडि बढेको हो । वार्ता गर्नुको साटो वेल घरेको बेला विधेयक पास गर्नुको साटो पास गरेको छ । यसबाट प्रष्ट भएको छ, यो सरकार अधिनायकवादी हो ।’

सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसक्नु दुःखद भएको समेत उनले बताए ।

यस्तै कांग्रेस सांसद सांसद गगन थापाले सरकारविरुद्ध सदन र सडकबाट लड्ने बताए । संसदमा बिहीबार भएको घटनाको तीन वटा सन्देश रहेको थापाको विश्लेषण छ ।

पहिलोः निषेधको राजनीति  । सांसद थापाकाअनुसार सरकारले आफूसँग फरक मत राख्नेहरुलाई चिन्दैन भन्ने सन्देश दिएको छ । उनले भने, आजबाट निषेधको राजनीति प्रारम्भ भएको छ ।’

दोस्रोः सभामुखको जालझेल  । बैठकअघि भएको छलफलमा सभामुखले संसदमा मुठभेड नगर्ने सन्देश दिएका थिए । तर, बैठक सुरु भएपछि जालझेलपूयर्ण व्यवहार गरेको उनको आरोप छ । सभामुख सरकारले आदेशपालक जस्तो भन्दै भन्दै उनले भने, ‘ढाँटेर छलेर सभा चलाउनु जस्तो दुर्भाग्यपूर्ण व्यवहार अरु हुन सक्दैन ।’

तेस्रोः सरकार कसले चलाएको छ  ? चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीको ९५ प्रतिशत माग सम्बोधन भएको सत्तारुढ सांसदहरुको दाबी रहेको भन्दै उनले ५ प्रतिशत कसका लागि भन्ने प्रश्न गरे ।

त्यो ५ प्रतिशतका लागि विपक्षीसँग मुठभेड गर्न र डा. गोविन्द केसीको जीवन लुट्न सरकार तयार भएको भन्दै उनले भने, ‘अब सरकारले जवाफ दिनुपर्छ सरकार शक्तिशाली कि सरकार चलाउने केही व्यापारी शक्तिशाली छन् ?’

विगतमा कांग्रेससँग लड्नेहरु सबै सकिएको स्मरण गर्दै सांसद थापाले यो पटकको लडाइँ सरकार र सभामखुका लागि महंगो पर्ने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment