Comments Add Comment

बिहान केहीबेर अवरुद्ध त्रिभुवन विमानस्थल खुल्यो

१३ माघ, काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान आइतबार बिहान केहीबेर अवरुद्ध बन्न पुगेको थियो । टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट गरिएको थियो भने नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको थियो । तर केही समयपछि नै विमानस्थल पूर्ववत सञ्चालनमा आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवरुद्ध विमानस्थल यथावत सञ्चालनमा आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment