Comments Add Comment

नेपाली महिला फुटबल टिमको विदाइ

१३ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टिमलाई विदाइ गरेको छ ।

ललितपुरको सातदोबाटोस्थितमा आइतबार एन्फाले कार्यक्रम गर्दै भारतको उडिसा भुवनेश्वरमा आयोजना फोर नेशन प्रतियोगितामा भाग लिने नेपाली महिला फुटबल टीमलाई विदाइ गरेको हो ।

नेपाली टीम बुधबार झापा जानेछ । झापामा अभ्यास गरेर त्यतैबाट टिम भारत प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

प्रतियोगिता फेब्रुअरीको ७ देखि १७ गतेसम्म आयोजना हुने छ । प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, म्यानमार र श्रीलंका रहेका छन् ।

यो प्रतियोगितालाई नेपालले आगामी मार्चमा विराटनगरमा हुने साफ च्याम्पियनसिपको तयारीको रुपमा पनि लिएको छ । त्यही साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दै प्रतियोगितामा भाग लिन लागेको हो ।

साफ च्याम्पियनसिपको समूह ए मा आयोजक नेपालसँगै बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । त्यस्तै, समूह वि मा भने भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

नेपाली टिम

गोलकिपर – अन्जना राना मगर, उषा नाथ, एञ्जिला सुब्बा ।

डिफेन्डर – हिरा भुजेल, गिता राना, पुनम मगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पूजा राना, मनमाया लिम्बु ।

मिडफिल्डर – बिमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी ।

फरवार्ड – अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment