Comments Add Comment

ग्रामीण विकासको साधारणसभा सम्पन्न

१३ माघ, काठमाडौं । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक समेतको लगानी रहेकोे ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न भएको छ । शनिबार बुटवलमासंस्थाको चौथो वाषिर्क साधारण सभा सम्पन्न भएको हो ।

सभाले संस्थाको रिक्त सञ्चालक पदमा सुशील कुमार थापालाई निर्वाचित गरेको छ । सभाले संस्थाको सञ्चालक समितिमा रिक्त रहेकोसर्वसाधारण समूह (ख) अन्तर्गत सञ्चालक पदमा थापालाई निर्वाचित गरेको हो ।

साधारणसभामा वाषिर्क प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष माणिकरत्न शाक्यले गत आर्थिक वर्षमा देशका ५७ जिल्लामा १ सय ८८ वटा इलाका/शाखा कार्यालय मार्फत लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा पुर्‍याएको बताए ।

उनले गत आर्थिक वर्षमा खुद नाफा १६ करोड ३ लाख १० हजार रुपैयाँ गरेको जानकारी दिदै ८ खर्ब ६६ अर्ब कर्जा र बचत परिचालन २ खर्ब ७४ अर्ब रहेको बताए ।

उनका अनुसार गत वर्षको तुलनामा मुनाफामा १२.६५ प्रतिशत, लगानीमा रहेको बाँकी कर्जामा १२.१५ प्रतिशत र बचत परिचालनमा २१.६७ प्रतिशतले बृद्धि भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले संस्थाको समग्र वित्तीय अवस्थामा क्रमशः सुधार भईरहेको र चालु आ.व.मा हकप्रद सेयर जारी गरी पुँजी बृद्धि गर्ने प्रक्रिया अगाडि बढेको बताए । उनले सेवा विस्तारका लागि विभिन्न ठाउँहरुमा नयाँ शाखा खोल्ने योजना रहेको समेत सुनाए ।

यस संस्थाले विपन्न वर्गका समुदाय विशेष गरी महिलाहरूको आर्थिक तथा सामाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

हाल अधिकृत पुँजी१ अर्ब, जारी तथा चुक्ता सेयर पुँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको यस संस्थाले गत आश्विन ५ गते सम्पन्न भएको संस्थाको विशेष साधारण सभाको निर्णय अनुसार १ : ०.५ अर्थात २ सेयर बरावर १ सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment