Comments Add Comment

नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

Photo Credit : अनलाइनखबर फाइल

१४ माघ, काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा युएईको पहिलो विकेट पतन भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईका अष्फाक अहमद शुन्य रनमा आउट भए । नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन् । अहिले तीन ओभरको समाप्तिमा युएईको १ विकेटको क्षतिमा एक रन भएको छ ।

पहिलो खेलमा युएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले युएईलाई १४५ रनले पराजित गर्न सफल भएको थियो । आज एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पनि दोस्रो खेलको जस्तै नतिजा निकाल्ने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment