+
+

नेपाललाई दोस्रो झड्का, ज्ञानेन्द्र मल्ल आउट

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १४ गते १६:४०

१४ माघ, काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा यूएईले दिएको २५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । ज्ञानेन्द्र ३१ रनमा आउट भए । उनलाई यूएईका इम्रन हैदरले एल्बिडब्लु आउट गराए ।

यसअघि पहिलो विकेटको रुपमा विनोद भण्डारी ९ रनमा आउट भएका थिए ।

१५ ओभरको खेल चलिरंहदा नेपालको स्कोर दुई विकेटको क्षतिमा ८१ रन भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको हो । यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?