Comments Add Comment

६७ प्रतिशत रुग्ण आयोजनाको म्याद किन थपिएन ?

१४ माघ, काठमाडौं । सडक विभाग अन्तर्गतका डिभिजन कार्यालयहरुबाट ठेक्का सम्झौता भएका करिब ६९ प्रतिशत रुग्ण आयोजनाहरु अलपत्र अवस्थामा देखिएका छन् ।

२० अर्ब ७६ करोड रुपैयाँ लागतका कूल ९ सय ६ वटा रुग्ण आयोजनाहरुमध्ये करिब ६९ प्रतिशत अर्थात ६२३ वटा आयोजनाहरु अलपत्र अवस्थामा देखिएको अख्तियार दुरुपयोग अनुसनधान आयोगले जनाएको छ ।

सोमबार आयोगले सरकारद्वारा सञ्चालन भएका आयोजनाहरुको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै ती आयोजनाहरु सम्पन्न नभएको र म्याद पनि नथपिएको उल्लेख गरेको हो ।

निर्माण सम्पन्न नभएका ती आयोजनाहरुको निर्माणलाई निरन्तरता दिन पुनः म्यादसमेत नथपिदा आयोजनाहरु अलपत्र अवस्थामा देखिएका छन् ।

अख्तियारका अनुसार रुग्ण अवस्थामा जम्मा हाल ९ सय ६ वटा आयोजनाहरु रहेका छन् । २० अर्ब ७६ करोड रुपैयाँ लागतका ती आयोजनाहरुहरु मध्ये करिब ६९ प्रतिशत आयोजनाहरुको म्याद नथपिएको अख्तियारले जनाएको छ ।

२०७१ असार २१ मा सम्पन्न गर्नेगरी २०६८ असार २६ मा ठेक्का सम्झौता भएको पाल्पाको रामपुरमा निर्माणधीन कालिगण्डकी पुल २०७२ साल असारमा म्याद थपिएको थियो ।

त्यो म्याद पनि सकिदा समेत निर्माण सम्पन्न नभएको र पुनः म्याद नथपिएको अख्तियारले जनाएको छ । उक्त आयोजनाको करिब ४० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । यस्ता आयोजनाहरु अरु ६२२ वटा रहेको अख्तियारले प्रतिवेदनमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment