Comments Add Comment

ग्लोबल बैंकको ‘प्रोफेशनल लोन’ सुविधा

१४ माघ, काठमाडाैं । ग्लोबल आइएमई बैंकले कर्मचारी लक्षित ‘ग्लोबल आइएमई प्रोफेशनल कर्जा’ सञ्चालनमा ल्याएको छ ।

विभिन्न पेशामा आवद्ध कर्मचारीलाई लक्षित गरि बैंकले सञ्चालनमा ल्याएको ‘प्रोफेशनल लोन’ अन्र्तगत सेवाग्राहीले बिना धितो १५ लाख सम्म ऋण प्राप्त गर्न सक्नेछन् ।

सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि प्रदान गरिने यो कर्जाले आफ्नो पेशा व्यवसायको साथसाथमा अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहनेलाई सहयोग गर्ने बैंकको भनाइ छ ।

यो सुविधा बैंकका देशभरका शाखा मार्फत उपलब्ध गराइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment