Comments Add Comment

कसैको अनुहार हेरिँदैन, भ्रष्टाचार वास्तवमै नियन्त्रण गर्छौं : प्रधानमन्त्री ओली

१५ माघ, काठमाडाैं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले देखावटीरुपमा मात्र नभइ वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्ने दावी गरेका छन् ।

सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं । कसैको अनुहार पनि हेरिंदैन । देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं ।’

यसअघि नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफै भ्रष्टाचार गर्ने पाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब त्यस्तो नहुने जिकिर गरे ।

पहिलेको जस्तो चर्चामा आउन देखावटीरुपमा काम नगर्ने भन्दै उनले सरकारले भ्रष्टाचारको अन्य हुने वातावरण निर्माण गर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले गणतन्त्र प्राप्तिको कठिन र उपलधीपूर्ण, उदाहरणीय र अनुकरणीय यात्रा पार गरेको गरेको बताए ।

डावस बैठकमा पनि आफूले नेपालमा सुन्दरता मात्र नभइ उर्वर भूगोग, गौरवपूर्ण इतिहास र पूर्खाको बलिदानि भएको उल्लेख गर्दै लगानीका लागि आव्हान गरेको उल्लेख गरे । ‘हामीसँग सै छ । लगानी गर्नुस्, मिलेर विकास गरौं भनें,’ उनले थपे, ‘विश्व हाम्रो कुरामा सहमत छ ।’

सोही अवसरमा प्रधानमन्त्री ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने बताए । बरु अहिले सरकारले द्वन्द्वका घाउमा मलमपट्टी लगाउने काम गर्ने उनको भनाइ छ ।

“हिजोका घाउ चोटलाई बल्झाउने प्रयास भएका छन् । हामीले द्वन्द्वमा अनावश्यक रुपमा फस्नु हुँदैन”, आलीले भने, “हिजोका क्षति सम्झाएर थप क्षती गर्नेतिर लाग्नु हुँदैन । यस्ता तत्वहरुको पहिचान गरेर तिनलाई निस्तेज पार्नुपर्दछ । किनभने, सबै नेपालीको साझा आकांक्षा शान्ति हो ।”

उनले विभिन्न आवरणमा शान्ति प्रक्रियालाई बल्झाउन खोज्नेहरुका बारेमा सरकार जानकार रहेको समेत जनाए ।

“हामी राजनीतिको कठोर यात्रापार गरेर यहाँसम्म आइपुगेका छौं । अब पछाडि फर्कने कुरा हुन सक्दैन । देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैनन्”, उनले अगाडि भने, “त्यसैले व्यवस्थापन भइसकेको शान्ति प्रक्रियाका विषयमा अनावश्यक चलखेल सैह्य हुँदैन ।”

ओलीले सशस्त्र प्रहरीले छोटो समयमा नै असाधारण प्रगति गरेकोमा प्रशंसा समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment