
पहिलो चलचित्र ‘सिम्बा’ बाट निकै चर्चा कमाएकी बलिउड नायिका सारा अली खानको एउटा तस्वीर अहिले निकै भाइरल बनिरहेको छ । तस्वीरमा उनी एक पुरुषसँग निकै प्रेमिल मुडमा देखिन्छिन् ।
यी पुरुष हुन् वीर पहरिया । उनी भारतका पूर्व केन्द्रिय मन्त्री सुशिल कुमार सिन्देका नाती हुन् । सारा वीर २०१६ मा प्रेममा थिए । अहिले उनीहरुको प्रेम टुटिसकेको छ । यो तस्वीर २०१६ मा नै खिचिएको हो ।
वीरसँग प्रेममा रहेको कुरासाराले पनि स्विकारेकी छिन् । उनले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘हो, मैले वीरसँग डेट गरेको हुँ । मैले आजसम्म पनि उ बाहेक अरुसँग डेट गरेको छैन । उ नै मेरो पहिलो प्रेम हो ।’
वीरले कहिल्यै आफूलाई दुखी नबनाएको पनि साराले बताएकी छिन् । उनीहरुले प्रेममा रहेको समयमा वाचा गरेर औठी पनि साटासाट गरेका थिए । तर, सो औंठीले पनि उनीहरुको सम्वन्ध बचाउन सकेन ।
अहिले साराले कार्तिक आर्यनमाथि रुचि देखाएको हल्ला सुरु भएको छ । साराले उक्त कुराको खुलासा पनि गरेकी छिन् । उनले करण जोहरको शोमा पुगेर आफूलाई आर्यन ‘क्युट’ लागेको र उसँग डेट जान मन लागेको समेत बताएकी थिइन् ।
प्रतिक्रिया 4