Comments Add Comment

‘गोपी’को विशेष शोमा नेतादेखि कलाकारसम्म

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘गोपी’को विशेष शो काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । कुमारी हलमा आयोजित विशेष शोमा नेतादेखि चलचित्र क्षेत्रमा केही चलचित्रकर्मीले चलचित्र हेरेका थिए ।

चलचित्र हेर्नका लागि नेकपाका नेता योगेश भट्टराई, पूर्व संचारमन्त्री महेश बस्नेत, नेत्री नविना लामा, कुमारी हल पुगेका थिए । यस्तै, चलचित्रकर्मीहरु दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल पनि कुमारी हलमा पुगेका थिए ।

चलचित्रका मुख्य कलाकार विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्तको साथमा निर्देशक दिपेन्द्र लामा, लेखक सामिप्यराज तिमिल्सिना, कार्यकारी निर्माता श्रीधर पौडेल पनि कुमारी हलमा उपस्थित थिए । यो चलचित्रले दृढ इच्छा शक्ति भएको खण्डमा नेपालमै केही गर्न सकिन्छ भन्ने कथा प्रस्तुत गरेको छ ।

चलचित्र हेरेपछि नेताहरुले सरकारी तबरबाट बन्नुपर्ने चलचित्र बनाउने प्रयास गरेको भन्दै ‘गोपी’ टिमलाई वधाई दिएका थिए । चलचित्र हेर्ने सबैले यसको कथावस्तुको प्रशंसा गरेका थिए । यो चलचित्र माघको १८ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment