Comments Add Comment

क्रिकेट रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानको : रेणु दाहाल

१६ माघ, काठमाडाैं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवनमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो म्याच नै भारत र पाकिस्तानबीच खेलाउने योजना प्रस्तुत गरेकी छन् । रंगशाला घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो योजना सुनाएकी हुन् ।

मेयर दाहालले भनिन्, ‘भारत र पाकिस्तानबीच राम्रो सम्वन्ध छैन । त्यसैले उनीहरु एक-अर्को देशमा गएर क्रिकेट खेल्दैनन् । कहिले यूएई कहिले दुबईमा गएर खेल्नुपर्ने अवस्था छ । त्यसका लागि लामो दूरी पार गर्नुपर्छ । यदि छिमेकी देश नेपालमा हामीले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरेको खन्डमा हामी दुई ढुंगाबीचको तरुल बन्न सक्छौं ।’

फाउन्डेसनले रंगशाला बनाएर हस्तान्तरण गरेपछि महानगरपालिकाले यसलाई सञ्चालन गर्ने उनले बताइन् ।

साथै रंगशाला निर्माणमा महानगरपालिका दिनरात जुट्ने उनको भनाइ थियो । रंगशालाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएको हो । यस विषयमा आजै फाउन्डेसन र महानगरपालिकाबीच सहमतिपत्र आदानप्रदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment