+
+
Shares

कुर्ता-सुरुवालप्रेमी वर्षाको घरमा जुत्ताको बिस्कुन

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १७ गते ११:२४

पछिल्लो समयकी व्यस्त नायिकामा पर्छिन् वर्षा सिवाकोटी । दर्शकमाझ उनको क्रेज पनि बढ्दो छ । ‘नाई नभन्नु ल २’ बाट आˆनो अभिनय यात्रा सुरु गरेकी वर्षाले आधा दर्जनभन्दा बढि चलचित्रमा काम गरिसकेकी छिन् भने उनलाई दर्शकले कयौँ म्युजिक भिडियोमा पनि देखिसकेका छन् ।

वर्षा आफ्नो फेसनप्रति पछिल्लो समयमा निकै सावधान छिन् । क्यामराको ध्यान कसरी आफूतिर खिच्न सकिन्छ भन्ने बुझ्दै गएकी छिन् । औपचारिक कार्यक्रममा जाँदा त्यही अनुसार मिल्दो गेटअपमा प्रस्तुत हुन्छिन् ।

यद्यपि, वर्षा आफूलाई त्यति फेसनेबल ठान्दिनन् । उनी भन्छिन्, ‘पहिला त मलाई फेसनको बारेमा केही पनि थाहा थिएन । पछिल्लो समय अलिक बुझ्न थालेकी छु । अहिले चाहीँ अलिक फेसनेबल भएको छु कि जस्तो लाग्छ ।’

हिजो आज वर्षालाई कुर्ता सुरुवालमा बाक्लै देख्न थालिएको छ । यसको कारणबारे उनले भनिन्, ‘मलाई कुर्ता-सुरुवाल पहिलेदेखि नै एकदमै मन पर्छ । मलाई सबैभन्दा सुहाउने लुगा पनि यही हो जस्तो लाग्छ । त्यसैले अलिक बढी लगाउन थालेको छु ।’

आफूलाई कन्फर्टेबल हुने र सुहाउने लुगा मात्र बढी लगाउने उनले बताइन् । अविवाहित वर्षालाई सारी पनि लगाउन आउँछ । ‘राम्ररी मिलाउन चाहीँ सक्दिन । तर, कामचलाउ लगाउँछु,’ उनले सुनाइन् ।

आफूलाई चाहिने लुगा वर्षा आफैँ किन्छिन् । ‘केही वर्ष पहिलासम्म ममीले किनिदिनु हुन्थ्यो । अहिले ममीले मेरो लुगाको बारेमा खासै थाहा पाउनुहुन्न त्यसैले आफैँ किन्छु,’ वर्षाले भनिन् । पछिल्लो समय उनी स्वदेशमा भन्दा पनि विदेशमा पुगेर कपडा खरिद गर्छिन् ।

बषर्ा लुगा किन्नमा खासै पैसा खर्च गर्दिनन् । धेरै मंहगो कपडा पनि उनले किनेकी छैनन् । उनी भन्छिन्, ‘मंहगो लुगा भनको त कार्यक्रमहरुमा जाँदा लगाउने मात्र हो । तर, प्राय कार्यक्रमहरुमा जाँदा डिजाइनरहरुले लुगा दिनुहुन्छ त्यहीँ लगाउछु । त्यसैले मंहगो कपडा किन्नु परेको छैन ।’

लुगा किन्नु परेको खण्डमा भने उनी विचार गर्छिन् । कस्तो कलर ? कन्र्फट छ कि छैन ? सुहाउँछ कि सुहाउँदैन ? सबै सोचेर मात्र किन्छिन् ।

‘यदि सबै कुरामा मलाई चित्तबुझ्दो पाएँ भने मात्र किन्छु ।’ वर्षाले अचेल पहेलो रंगको लुगा निकै सुहाउने र त्यस्तै रंगको लुगा बढी किन्ने गरेको बताइन् ।

अहिलेको समयमा नयाँ फेसनबारे जानकारी राख्न धेरै सजिलो भएको वर्षाको बुझाई छ । ‘अहिले त फेसनबारे कुझ्न सजिलो छ’, उनले भनिन्, ‘कोही राम्रो फेसन डिजाइनर वा राम्रो फेसन गर्ने मान्छेलाई इन्स्टा वा फेसबुकमा फलो गरियो भने सबै थाहा भइहाल्छ नि ।’ वर्षा आˆनो फेसन आइकन बलिउड अभिनेत्री सोनम कपुरलाई मान्छिन् ।

वर्षा घरमा बस्दा सहज भएर बस्न रुचाउँछिन् । मौसम अनुसार त्यसै किसिमको लुगा लगाउने गर्छिन् ।

‘जाडोमा त न्यानो हुनै पर्यो । त्यसैले बाक्लो कपडा नै लगाएर बस्छु’, वर्षाले भनिन्, ‘यदी गर्मी छ भने छोटो लुगामा आफूलाई कन्फर्टेबल राख्छु ।’ उनी नाइट ड्रेस लगाएर मात्र सुत्ने गर्छिन् ।

वर्षा आफूलाई भित्री वस्त्र किन्न कुनै लाज नलाग्ने बताउँछिन् । ‘आफूलाई चाहिने सामान किन्न पनि के को लाज ?’ उनले भनिन् ।

वर्षा जुत्ताको सौखिन हुन् । उनी भन्छिन्, ‘म जुत्तामा एकदमै सोखिन छु । यतिसम्म कि, घरमा जुत्ताको बिस्कुन छ । थप राख्ने ठाउँ पनि छैन अहिले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?