+
+
Shares

‘यात्रा’को टिजरमा सलिन र मल्लिकाको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १७ गते १४:१८

चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को टिजर सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रेमिला संवादहरु प्रयोग गरिएको टिजर सार्वजनिक गरिएको हो । यो चलचित्रमा सलिनमान बनियाँ, सलोन बस्नेत, रेयर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत, विशाल कटुवाल लगायतका कलाकारको मुख्य भूमिका छ । यही चलचित्रबाट नयाँ नायिका मल्लिका महत्तले चलचित्र क्षेत्रमा पाइला राखेकी छिन् ।

चलचित्रको टिजरमा सलिन र मल्लिकाको प्रेमलाई प्रस्तुत गरिएको छ । चलचित्रमा कथा, पटकथा तथा निर्देशन सम्राट शाक्यको छ । चलचित्रमा सुशिल पोख्रेलको लगानी छ । विक्रम पराजुली, रामशरण घिमिरे, मुक्ति तिमिल्सिना सह–निर्माता रहेको चलचित्रमा सर्जुमान लिगल कार्यकारी निर्माताको रुपमा छन् । केशव भट्टराइको प्रस्तुतीमा यो चलचित्र निर्माण भएको हो ।

चलचित्रमा संजय लामाको छायांकन, बनिष शाहको सम्पादन छ । चलचित्रको निर्माणको लागि लामै समय लागेको थियो । चलचित्रको यो टिजरलाई कलरफूल बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?