Comments Add Comment

नेप्सेले ब्राेकरलाई भन्यो- सेयर बिक्री गर्दा अग्रिम रकम नलेऊ

१७ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) लाई आग्रह गरेको छ ।

धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन नेप्सेको आग्रह छ ।

धितोपत्र कारोवार सञ्चालन नियमावली, २०७५ लागू भएको र सो विनियमावलीको विनियम ८ मा कारोवार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने भन्ने व्यवस्था रहेको छ तर, सो व्यवस्था विपरीत धितोपत्र दलाल व्यवसायीले अग्रिम रकम बिक्री कारोवारका लागिसमेत माग गरेको पाइएको छ ।

नेप्सेले विनियममा भएको व्यवस्था विपरीत कुनै पनि कार्य नगर्न आग्रह गरेको छ । सेयर कारोवारमा संलग्नले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्ने गुनासो आएपछि त्यस्तो नगर्न सचेत गराइउको नेप्सेको सुपरिवेक्षण शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment