Comments Add Comment

काठमाडाैंमा चोरीमा संलग्न १२४ जना पक्राउ

१८ माघ, काठमाडौं । प्रहरीले चोरीमा संलग्न १२४ जनालाई पक्राउ गरेको छ । गत १५ गतेदेखि विशेष अभियान सञ्चालन गरेको प्रहरीले तीन दिनै १२४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौंमा बिभिन्न स्थानमा चोरीका घटना भएको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान शाखाले संयुक्तरुपमा अभियान चलाएर रंगेहात र अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये तीन महिला र २१ पुरुषलाई पूर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जानकारी दिएका छ ।

यस्तै दुईमहिला र १८ जना धरौटीमा छुटेका छन् भने ८३ जनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment