Comments Add Comment

ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिकाबीच सम्झौता

१८ माघ, काठमाडाैं । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैङ्कलाई भुक्तानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

स्थानिय कृषि व्यवसायको प्रर्वद्धनमा सहयोग पुर्याउने तथा कृषकहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने उद्देश्यले ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिका बीचमा दुईपक्षीय सम्झौता गरिएको हो ।

सम्झौतासँगै छनोट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरेपछि बैंकको नियम अनुसार न्युनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण सुविधा उपयोग गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment